गृहपृष्ठ मुुलुकी संहिताको विरोधमा जनकपुरमा सार्वजनिक यातायात बन्द
मुुलुकी संहिताको विरोधमा जनकपुरमा सार्वजनिक यातायात बन्द
भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताको विरोधमा जनकपुरका सार्वजनिक सवारी चालक आन्दोलनमा उत्रिएका छन् । जनकपुरमा सार्वजनिक यातायातका साधनसमेत ठप्प भएको छ ।
गाडी नचलेपछि जनकपुरबाट लामो तथा छोटो दुरीमा जाने यात्रु अलपत्र परेका छन् । जनकपुर नगरभित्र निजी गाडीसमेत चलेका छैनन् । सवारीसान नचल्दा जनकपुर बुधबार बिहान्रैदेखि सुनसान बनेको छ ।
प्रकाशित समय १०:१९ बजे

















