गृहपृष्ठ विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ
विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ
सांकेतिक तस्बिर
मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या विश्वभर एचआभी एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक वर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।
हालै सार्वजनिक प्रतिवेदनअनुसार यस तथ्यांकमा मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा मृत्यु भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुका समेत संख्या जोडिएको छ ।
प्रकाशित समय १०:२५ बजे

















