गृहपृष्ठ मृतक हबल्दारका बाबु भन्छन्- छोराको हत्यारा बुहारी नै हो

मृतक हबल्दारका बाबु भन्छन्- छोराको हत्यारा बुहारी नै हो

bhupal-thapa

मृतक प्रहरी हबल्दार रमेश कुमार थापाका बाबुले छोराको हत्या उनकै श्रीमतीले गरेको आरोप लगाएका छन् । बाबु भुपालबहादुर थापाले बुहारी यशोधरा रावलले नै रमेशको हत्या गरेको दावी गरेका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले छोराको मृत्युु भइसकेपछि बुहारीको गतिविधिलाई हेर्दा रमेशको हत्यामा यशोधरा र उनकी आमाको प्रत्यक्ष संलग्नतामा भएको आरोप लगाए ।

‘बुहारी पनि प्रहरी जवान हो । सल्यान प्रहरीमा छोराको मृत्युको कारण के हो, भनेर छानबिनको माग गर्न जाँदा मलाई बुहारीले प्रहरी कार्यलयबाट घाँटी समातेर निकाल्ने प्रयास गरिन्,’ उनले भने, ‘प्रहरीले पनि मलाई मानसिक तनाव दियो, सल्यान प्रहरीले मलाई उल्टै धम्क्याएको छ ।’

मैना पोखरी इलाका प्रहरी कार्यलय मोरङमा कार्यरत प्रहरी हवल्दार रमेशकुमार थापा यही जेठ २३ गते ‘संकास्पद’ रुपमा मृत फेला परेका थिए ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु