गृहपृष्ठ घुस रकमसहित अमिन पक्राउ

घुस रकमसहित अमिन पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नापी कार्यालय सर्लाही सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस लिदैँ गरेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेका छन् । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा मण्डललाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दाजुभाइको अंशबण्डाका लागि मण्डलले १५ हजार रुपैयाँ घुस मागेका थिए तर कार्यालयमै लेखापढीको काम गर्ने एक कर्मचारीमार्फत नौ हजार बुझाइएको थियो ।

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु