गृहपृष्ठ अरिङ्गालले टोकेर जाजरकोटमा एकजनाको मृत्यु
अरिङ्गालले टोकेर जाजरकोटमा एकजनाको मृत्यु
अरिङ्गालको टोकाइबाट जाजरकोटमा सोमबार एकजनाको ज्यान गएको छ ।
भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकले समयमा उपचार नपाउँदा मृत्यु भएको हो ।
स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेर थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा विकलाई अरिङ्गालले चिलेको थियो ।
टोकाइबाट गम्भीर विकलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएपनि सो अस्पतालले नेपालगञ्ज रेफर गर्दा बाटोमै मृत्यु भएको स्थानीय इन्द्रजीत सुनारले जानकारी दिए । (रासस)
प्रकाशित समय ०७:३३ बजे

















