गृहपृष्ठ ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद
फाइल तस्बिर
प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट ६१ हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दसैं, तिहार तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय १०:२५ बजे

















