गृहपृष्ठ पोखरादेखि मुस्ताङसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन

पोखरादेखि मुस्ताङसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन

पोखरादेखि मुस्ताङसम्म सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा आएको छ । मुस्ताङ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दी कोरला यातायात प्रा.लि.ले हिटर जडान भएका सुविधा सम्पन्न बसहरु बिहीबारदेखि संचालनमा ल्याएकोसञ्चालक नरेश रोकायले बताए ।

बिहीबारदेखि नै उक्त बस सेवा संचालनमा आएको छ । सेवामुखि व्यवसायको हिसावले यात्रुहरुको माग र चहान अनुसार आफूहरुले पोखरादेखि मुस्ताङको मुक्तिनाथसम्मको आरामदायी यात्रा गराउन २७ सिटे उक्त गाडी संचालनम ल्याएको रोकायले बताए ।

करिब ३ करोड लगानीमा ५ वटा बस संचालनमा ल्याएसंगै आगामी केहि हप्तामा ६ वटा नयाँ बसहरु संचालन गर्ने तयारी गरेको उनले जनाए । विगतमा म्याग्दी बेनीदेखि काठमाडौं सम्मको आरामदायी यात्रा प्रदान गर्दै आईरहेको म्याग्दी कोरला यातायात प्रालीले यात्रुहरुको चाहना र मुस्ताङको मौसम अनुसार हिटर जडान भएको संचालक रोकायले बताए ।

आगामी केहि समयपछि सुपरडिलक्स अत्याधुनिक सुविधा भएका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको उनले बताए । प्रालीले बेनी काठमाडौंका लागि ३० सिटको बस सेवा सञ्चालनमा यसअघि नै ल्याएको थियो ।

पोखरादेखि मुस्ताङ सम्मको यात्रामा यात्रुले १ हजार १ सय दिनुपर्ने छ । उक्त शुल्कमा कफी, नास्ता र कोल्ड ड्रिङक्स लगायतका सेवा सुविधा यात्रुले पाउने छन् । सो कम्पनीमा रोकाय सहित प्रकाश पौडेल, नगेन्द्र केसी, धनकुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको संयुक्त लगानी रहेको छ । ६ महिना अघि नै दर्ता भई स्थापना गरिएको प्राली मार्फत गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने हेतुले सेवा गरिरहेको उनले बताए ।

यसैबिच, बिहीबार एक समारोहकाबीच गण्डकी प्रदेशका प्रतिनिधिसभा सदस्य प्रदिप गिरीले उक्त बसको उद्घाटन गर्दे सुखि नेपाली समृद्ध नेपाल बनाउन अब सबै युवाहरुलाई उद्यममा लाग्न आग्रह गरे । उनले भने ‘श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्छ, यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन ल्याउछ ।’

गण्डकी प्रदेशका सांसद राजीव पहारीले प्रदेश सरकारले अहिले कोरला देखि सुस्तासम्म फास्ट ट्रयाकको लागि रकम समेत विनियोजन गरिएको बताए । उनले भने ‘हरेक युवाहरु अब कुनै न कुनै उत्पादनमा लाग्नुपर्छ, अब सबै राजनितिक सामाजिक व्यत्तिहरु पनि उद्यमशिलतामा लाग्न लाग्नुको विकल्प छैन।’ पर्यटनको धेरै सम्भावना भएको गण्डकी प्रदेशमा उतिकै सम्भावना रहेको सांसद पहारीले बताए ।

अब छिट्टै फेवातालको आकार वृद्धिबाट सुरुवात गरिने उनले दाबी गरे । गण्डकी प्रदेशका अर्को सांसद ईन्द्रधारा बिष्टले नागरिकको गुनासो नआउने गरि निरन्तर गुणस्तरिय सेवा दिन प्रालिालाई आग्रह गरे । मुस्ताङमा यातायात सञ्चालनमा आएका कठिनाई, बाधाअडचनका विषयमा आफुसँग कुरा राख्न उनले व्यावसायीलाई आग्रह गरे ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु