गृहपृष्ठ सचेतनामुलक ‘कचहरी’ नाटकको समापन

सचेतनामुलक ‘कचहरी’ नाटकको समापन

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विभिन्न ३ विधामा प्रर्दशन गरिएको सचेतनामुलक नाटकको प्रर्दशनी शुक्रबारबाट सकिएको छ । महानगरका १९ वटै वडामा देखाइएको नाटक १४ दिनेसम्म चलेको थियो ।नाटक समापनको दिन विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहित विराटनगर महानगरका विभिन्न वडाका वडाध्यक्षहरु समेत सहभागी थिए ।

आरोहण गुरुकुल विराटनगरका कलाकारहरुको सहभागितामा असोज ६ गतेबाट शुरु भएको सडक नाटकमा महिला हिंसा,ट्राफिक सचेतना र फोहोर ब्यवस्थापन सम्बन्धि सचेतनामुलक नाटक प्रर्दशन गरिएको लेखक÷निर्देशक एवम कलाकार अशोक गौतमले जानकारी दिए ।

विभिन्न ३ विधामा प्रर्दशन गरिएको नाटकहरुमा महिला हिंसा सम्बन्धि नाटकको लेखन÷निर्देशन अशोक गौतम र भरत कार्कीले गरेका थिए । यस्तै फोहोर ब्यवस्थापन सम्बन्धि नाटकको दिपा पोखरेल र मनिसा बराल तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि नाटकको बिकास पराजुली र राजेश ठाकुरले लेखन÷निर्देशन गरेका थिए । नाटकहरुमा भरत कार्की,विकास पराजुली,अशोक गौतम लगायत ११ जना कलाकारले अभियन गरेका थिए ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु