गृहपृष्ठ माइक्रोबसका चालकलाई पनि पोषाक अनिबार्य

माइक्रोबसका चालकलाई पनि पोषाक अनिबार्य

माइक्रोबसका चालक तथा सहचालकले आउदो मंसिर १ देखि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने भएको छ । राजधानी उपत्यका सञ्चालनमा रहेका सम्पूर्ण माईक्रोबसमा यो नियम लागु हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले माइक्रो चालक र सहचालकले मंसिर १ देखि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने छ । महाशाखाकै पहलमा उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य गरिसकिएको छ ।

ज्याकेटले माइक्रोबस चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने विश्वास महाशाखाको छ ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु