गृहपृष्ठ दुर्घटनामा दुई चालकको मृत्यु

दुर्घटनामा दुई चालकको मृत्यु

accident-newskarobar

नुवाकोटमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु भएको छ ।

बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुंगानाकोे मृत्यु भएको होे ।

पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नम्बरको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरिक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिनुभयो ।

यस्तै, लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु