गृहपृष्ठ गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु

सांकेतिक तस्बिर

भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सोमबार बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।

बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भर्याङबाट खस्दा अन्दाजी २०–२२ वर्षका सहचालकको मृत्यु भएको हो ।

उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताएका छन् । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

प्रकाशित समय ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु