गृहपृष्ठ मेडिसिटी अस्पताल र सेभ द चिल्ड्रेनबीच सेवा आदान प्रदान गर्ने सम्झौता
मेडिसिटी अस्पताल र सेभ द चिल्ड्रेनबीच सेवा आदान प्रदान गर्ने सम्झौता
नेपाल मेडिसिटी अस्पताल र सेभ द चिल्ड्रेनबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापछि सेभ द चिल्ड्रेनका कर्मचारीले मेडिसिटी अस्पतालबाट स्वास्थ्य सेवा पाउने भएका छन् ।
सम्झौतमा सेभ द चिल्ड्रेनकी निर्देशक बन्दना रिजाल र नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
अस्पतालले बालबालिका लागि उच्चस्तरीय स्वास्थ्य सेपा प्रदान गर्ने समेत जनाएको छ । ललितपुरमा रहेको मेडिसिटी अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १२:०८ बजे

















