गृहपृष्ठ म्याग्दीको गुर्जा हिमालमा पहिरो, अाठ जना बेपत्ता

म्याग्दीको गुर्जा हिमालमा पहिरो, अाठ जना बेपत्ता

gurja-himal-newskarobar

म्याग्दीको गुर्जा हिमालमा पहिरो जाँदा अाठ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी पाँच जना कोरियाली र तीनजना नेपाली नागरिक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी निरीक्षक लोकबहादुर गुरूङका अनुसार एक जना नेपालीको शव फेलापरेको छ । ‘एकजनाको शव देखिए पनि निकाल्न सकिएको छैन,’ न्युज कारोबारसँग उनले भने, ‘अन्यको अवस्था अझै अज्ञात छ ।’

उनीहरू ट्रेकिङ क्याम्प नेपाल नामक  ट्रेकिङ एजेन्सीबाट  गुर्जा हिमाल अारोहणका लागि गएका थिए । गुर्जा हिमाल एक दशकपछि अारोहण खुला गरिएको थियो ।

प्रकाशित समय १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु