गृहपृष्ठ दसैं मनाउन काठमाडौंबाट २४ लाख घर फर्किए, काठमाडौं सुनसान

दसैं मनाउन काठमाडौंबाट २४ लाख घर फर्किए, काठमाडौं सुनसान

दसैं मनाउन काठमाडौं उपत्यकाबाट २४ लाख यात्रु बाहिरिएका छन् । महानगरिय ट्राफिक महाशाखाका अनुसार मंगलबारसम्म २४ लाख यात्रु बाहिरिएका हुन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै धेरै यात्रु बाहिरिएका हुन् ।

विभिन्न पेसा व्यवसाय गर्नेहरु फूलपाती र अघिल्लो दिन धेरै बाहिरिने विगतको अनुभव रहेको महाशाखाले जनाएको छ । उपत्यकाका कलंकी, स्वयम्भु, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टाअघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् । फूलपातीबाट काठमाडौं भने सुनसान भएको छ ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु