गृहपृष्ठ लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट आज लागुऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

प्रहरीले माझीको साथबाट एभिल १५ एम्पुल, डाइजेल्याप १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ ।
(रासस)

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु