गृहपृष्ठ अग्रज पत्रकार हुमागाईंको निधन
अग्रज पत्रकार हुमागाईंको निधन
‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
कलेजो रोगबाट पीडित हुमागाईंको आइतबार दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो ।
उनको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा. ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा. जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुगेका थिए । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् ।
हुमागाईं क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार तथा काठमाडौं जिल्ला संयोजक थिए । उनी ‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार पनि थिए । महासङ्घका अध्यक्ष इन्द्र राउतले आइतबार शोक विज्ञप्ति जारी गरी उनको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको जनाएका छन् । रासस ।
प्रकाशित समय ०९:३७ बजे

















