गृहपृष्ठ विस्फोटक पदार्थसहित तीन पक्राउ

विस्फोटक पदार्थसहित तीन पक्राउ

सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार पक्राउ गरिएको छ । धरानबाट १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

त्यसैगरीे इनरुवा–३ बाट एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरी नायव उपरीक्षक फँुयालले जानकारी दिए । इनरुवाबाट १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
(रासस)

प्रकाशित समय १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु