गृहपृष्ठ वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभाग काठमाडौंका २५ कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

गलत कागजातका आधारमा एक सय ८४ जना महिलालाई कुवेत जान श्रम स्वीकृत दिइएकोमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म आर्थिक चलखेलका आधारमा एक सय ८४ जना महिलालाई श्रम स्वीकृती प्रदान गरिएको थियो ।

पछि कुबेत पुगेका उनीहरु शोषणमा परेपछि उजुरी परेको थियो । त्यही उजुरीको आधारमा मुद्दा दायर गरिएको आयोगका सहकायक प्रवक्ता मदन कोइरालाले न्यूज कारोबारलाई बताए ।

आयोगले ७ अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । जसमा हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली छन् । त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नगेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ के.सी., योगेन्द्र खत्री, केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु