गृहपृष्ठ ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालनमा
‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालनमा
नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले सार्वजनिक गरिएको अभियान देशैभर सुरु भएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अभियानको शुभारम्भ गरे । उनले मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न अभियान सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्देश्यबारे जानकारी गराए । नेपाल प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संघ संस्था, विद्यालय र सञ्चारमाध्यमसँगको साझेदारीमा यसको परिकल्पना गरिएको जानकारी दिए ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई लगायतले अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए । समुदाय प्रहरी साझेदारी अभियानमा १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, ४ लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक संलग्न रहने नेपाल प्रहरीले जनाएको छ ।
प्रकाशित समय १५:४६ बजे

















