गृहपृष्ठ पूर्वराजा शाहले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

पूर्वराजा शाहले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

अस्पताल भन्छ– प्रधानमन्त्री ८० प्रतिशत ठिक भैसक्नुभो

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

छातिमा संक्रमण र सुगरको मात्रा बढेर सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई पूर्वराजा शाहले आफ्ना मुख्यसचिव पशुपतिभक्त महर्जनमार्फत ‘गेट वेल सुन’ भनेका हुन् ।

महर्जनले मंगलबार दिउँसो अस्पताल पुगेर शाहको सन्देश सुनाएका थिए । उनले चिकित्सकसँग प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

धेरै भेटघाटले इन्फेक्सन हुने डरले मंगलबार साँझदेखि प्रधानमन्त्री ओलीलाई भेट्न भने नदिएको उपचार टोलीका संयोजक डाक्टर अरुण सायमीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य ८० प्रतिशत ठीक भइसकेको साँझको प्रेस ब्रिफिङमा जानकारी गराइएको थियो ।

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु