गृहपृष्ठ अधिकारकर्मी तुलाधरको स्वास्थ्यमा थप समस्या, नर्भिक अस्पतालमा स्थानान्तरण
अधिकारकर्मी तुलाधरको स्वास्थ्यमा थप समस्या, नर्भिक अस्पतालमा स्थानान्तरण
अधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्यमा थप समस्या देखिएपछि अन्नपूर्ण न्युरो अस्पतालबाट नर्भिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।
गत शुक्रबार मस्तिस्कघात भएपछि तुलाधरलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नै नर्भिक अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
तुलाधरको मृगौलामा पनि समस्या देखिएको छ ।
प्रकाशित समय ०९:०१ बजे

















