गृहपृष्ठ झडपको अनुसन्धान गर्न समिति गठन
झडपको अनुसन्धान गर्न समिति गठन
सर्लाहीमा मंगलबार घटेको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वको छानविन टोली गठन गरिएको छ ।
उक्त घटनाका सम्बन्धमा छानविनका लागि प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) र एकजना प्रहरी निरीक्षक सम्मीलित टोली गठन गरेको हो ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच बुधबार झडप हुँदा एक जनाको ज्यान गएको थियो । उक्त झडपमा परी नेपाली कांग्रेसका कार्यकर्ता सोही गाउँपालिका–४ का रामविलास महतोको मृत्यु भएको थियो ।
प्रकाशित समय १६:५८ बजे

















