गृहपृष्ठ कार्यकर्ता हत्याको विरोधमा कांग्रेसद्वारा सर्लाही बन्द

कार्यकर्ता हत्याको विरोधमा कांग्रेसद्वारा सर्लाही बन्द

नेपाली कांग्रेसले सर्लाही बन्द गरेको छ । रामनगरमा गोली हानेर आफ्ना कार्यकर्ता हत्या गरेको विरोधमा कांग्रेसले सर्लाही बन्द गरेको हो । बन्दका प्रभाव कारण बजार र भित्री सडकमा परेको छ । कांग्रेसले गोली हानी हत्या गर्नेलाई कारबाहीको माग गरेको छ ।

गत मंगलबार रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा कांग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको थियो ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु