गृहपृष्ठ तिहारकाे लागि सुर्खेतमा विशेष सुरक्षा योजना
तिहारकाे लागि सुर्खेतमा विशेष सुरक्षा योजना
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरक्षा सतर्कता बढाइएको छ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हुन सक्ने घटनाहरुलाई मध्यनजर गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जुवातास खेल्ने र मदिरा सेवन गरेर होहल्ला गर्नेमाथी निगरानी बढाएको बताए । यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेका ३ सय ५० जना प्रहरी जनशक्ति खटाइएको छ ।
सुर्खेत जिल्लाको नाका भेरीगंगा नगरपालिकामा पर्ने छिन्चु र वीरेन्द्रनगर नगरपालीकाको सुब्बाकुनामा विशेष जाँचको व्यवस्था गरिएको छ । उनका अनुसार प्रहरी गस्ती, मोवाइल, मोटरसाइकल र साइकलल गस्ती गरिने गरिने छ । तिहारको बेलामा विशेषगरी जुवातास, चोरी , लागुपदार्थ, आगलागी तथा सवारी दुर्घटनाका घटनाहरु धेरै हुने गरेको उनले बताए ।
पटका पट्काउने र ओसारपसार गरेको भेटिए कडा कारबाही गर्ने समेत उनले चेतावनी दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज महिनाभरी ४० जना जुवाडे जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन् । असोजमा ४ वटा जुवातासका घटना दर्ता भएका छन् । कात्र्तिक महिनाको १७ गतेसम्म दुईवटा जुवातासका मुद्दा दर्ता भएका छन् भन १९ जना पक्राउ परेका छन् ।
प्रकाशित समय १७:१९ बजे

















