गृहपृष्ठ लक्ष्मी पूजा गर्ने क्रममा आगलागी
लक्ष्मी पूजा गर्ने क्रममा आगलागी
सांकेतिक तस्बिर ।
मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी भएको हो । लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले जानकारी दिए ।
आगलागीबाट करीब १० तोला सुन, पाँच लाख नगद, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।
प्रकाशित समय ०७:५९ बजे

















