गृहपृष्ठ ३ लाख ५६ हजारसहित ६ जुवाडे पक्राउ

३ लाख ५६ हजारसहित ६ जुवाडे पक्राउ

juwa-newskarobar सांकेतिक तस्बिर

स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित इश्वर केसीको घरमा गएराति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, इश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ३ लाख ५६ हजार ३०० रुपैयाँ र ताससहित उनीहरूलाई पक्राउ गरको हो । पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।(रासस)

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु