गृहपृष्ठ सांसदको गाडीमा ढुंगा प्रहार गर्ने पक्राउ
सांसदको गाडीमा ढुंगा प्रहार गर्ने पक्राउ
महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढंगा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महंकाल पानीट्यांकी नजिककै सडकमा बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुंगा प्रहार गरेकाले पक्राउ गरिएको बताए । ढुंगा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।(रासस)
प्रकाशित समय ०७:२६ बजे

















