गृहपृष्ठ गिरिजाप्रसादको नाममा संग्रहालय र अस्पताल बनाइने

गिरिजाप्रसादको नाममा संग्रहालय र अस्पताल बनाइने

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्राहलय र अस्पताल निर्माण हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्राहलयसँगै अस्पताल निर्माण गर्ने भएको हो ।

जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीको बारेमा जानकारी गराएको हो । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयका प्रमुख इन्दिरा थापाले निकट भविष्यमा नै फाउण्डेशनको लगानिमा जिपी संग्राहलय र अस्पताल निर्माणको काम अघि बढाइने जानकारी दिइन् ।

उनले फाउण्डेशनको एक नम्बर प्रदेश कार्यालयको आगामी मंसिर २ गते उद्घाटनसँगै पूर्वप्रधानमन्त्री कोइरालाको जीवनमा आधारित फोटो प्रदर्शनीको तयारी समेत गरिएको छ । कार्यालयको कांग्रेस नेता डा. शंशाक कोइराला, डा. शेखर कोइराला र सुजता कोइरालाले संयुतm रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालाले निर्माण गरेको घरमा उनले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको नाममा जिपी फाउण्डेशन संस्था सञ्चालन गरी सो घर सो संस्थाको नाममा हस्तान्तरण गरेकी छिन् ।

कोइराला निवास अगाडी गिरजाप्रसाद कोइराला पुत्री सुजताको नाममा रहेको चार कट्ठा क्षेत्रफल जमिनमा तीन तल्ले भवन निर्माण गरिएको छ । फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा चार कट्ठा क्षेत्रफल मध्यको बाँकी जमिनमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा जिपी संग्रालयको निर्माण गरिने छ ।

त्यसैगरी जिपीको नाममा अस्पताल निर्माणको समेत तयारी गरिएको जिपी फाउण्डेशन प्रदेश कार्यालयले जनाएको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु