गृहपृष्ठ दुर्घटनामा तीन जनाको मृत्यु
दुर्घटनामा तीन जनाको मृत्यु
अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मुल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा २ ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
काठमाडाँैबाट भक्तपुर जाँदै गरेको बा २ क ३९३५ नम्बरको ट्रिपर र सो भन्दा पछाडि बा २ ख १६५४ नम्बरको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा ५ख ३७६५ नम्बरको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर ट्रिपर पछाडि ठोक्किदा मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका तीन वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ । त्यसैगरी मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा आइतबार बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ ।
बा४ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार भएका छन् ।
(रासस)
प्रकाशित समय ११:२५ बजे

















