गृहपृष्ठ पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म
पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म
सांकेतिक तस्बिर
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी छन् ।
रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो पेटछाती जोडिएकी जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डाक्टर राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, नर्स विनिता बस्यालसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेका थिए ।
नवजात बालिकाको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा राजीवले जानकारी दिए । उनका अनुसार जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्छ ।
‘पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो ।’ डा शाहले भने, ‘एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।’(रासस)
प्रकाशित समय ११:५१ बजे

















