गृहपृष्ठ कालीगण्डकी नदीमा हाम फालेर किशोरी बेपत्ता
कालीगण्डकी नदीमा हाम फालेर किशोरी बेपत्ता
कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् ।
दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुंगे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नदीमा हाम फालेर बेपत्ता भएकी मेनुकाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको जानकारी दिए ।
बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीबाट प्रहरी परिचालन भइरहेको छ ।(रासस)
प्रकाशित समय ०९:२० बजे

















