गृहपृष्ठ लागुऔषध कारोबारमा संलग्न दुई जना पक्राउ
लागुऔषध कारोबारमा संलग्न दुई जना पक्राउ
प्रहरीले भरतपुर महानगरपालिका–२ बाट लागुऔषध कारोबारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।
२५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन, फेनारगन बरामद गरेको चितवन प्रहरीले जनाएको छ । कारोबार बाट संकलित नगद पाँच लाख ८० हजार रुपैयाँ समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो । निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।(रासस)
प्रकाशित समय १०:५८ बजे

















