गृहपृष्ठ योजनाबिनै डोजर चलाउँदा खानेपानी मुहान सुक्दै
योजनाबिनै डोजर चलाउँदा खानेपानी मुहान सुक्दै
फाइल तस्बिर
कर्णाली प्रदेशमा बिना योजना बाटो खन्दा खानेपानीका मुहान सुक्न थालेका छन् । गाउँमा खानेपानी आयोजना बनिनसकेको अवस्थामा मुलको भर पर्ने स्थानीयलाई योजना बिनै खनिएको बाटोले झन समस्यामा पारेको हो ।
सोही विषयमा आइतबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा प्रदेश स्तरीय खानेपानी तथा सरसफाई अधिकार विषयक छलफलमा सहभागि सरोकारवालाहरुले डोजर आंतकका कारण खानेपानीका मुहान ध्वस्त भएको बताएका थिए ।
केही स्थानमा योजना बनाइएको २५ वर्षसम्मसमेत खानेपानी आयोजना नबनेको र कतै भने अझै घण्टौ पानी बोक्नुपर्ने समस्या रहेको औल्याएका थिए । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले कर्णाली प्रदेशमा खानेपानीका योजना निर्माणमा सरकार सक्रिय भएर लागेको बताए ।
कार्यक्रममा उपस्थित अधिकांशले विकासको एउटा काम गर्दा अत्यावश्यक प्राकृतिक स्रोतको विनाश रोक्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय १०:१७ बजे

















