गृहपृष्ठ निर्मलाको न्यायको लागि सार्वजनिक यातायातमा पोस्टर

निर्मलाको न्यायको लागि सार्वजनिक यातायातमा पोस्टर

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि युवाहरुले सार्वजनिक यातायातमा पोस्टर टाँसेका छन् । काठमाडौंको नयाँ बसपार्कमा युवाहरुले सार्वजनिक यातायातमा पोस्टर टाँसेका हुन् । पोलमा टाँसिएको पोस्टर प्रहरीले हटाएपछि उनीहरूले एक सयवटा सार्वजनिक यातायातमा पोस्टर टाँसेका हुन् । सरकार भेटियो न्याय भेटिएन भनेर युवाहरुले अभियान चलाएका हुन् ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु