गृहपृष्ठ कर्णालीमा ‘छोरीका लागि छोरी राष्ट्रिय अभियान’

कर्णालीमा ‘छोरीका लागि छोरी राष्ट्रिय अभियान’

chhori-abhiyan-newskarobar

देशभर महिला तथा बालिकामाथि हिंसाजन्य गतिविधि भइरहेका बेला कर्णालीमा ‘छोरीका लागि छोरी अभियान’ सुरु भएको छ । छोरीलाई सामाजिक सेवामा ऐक्यबद्ध गराउन र नेतृत्वमा अग्रसर बनाउने उद्देश्यले काठमाडौंबाट सुरु भएको यो अभियानलाई सुर्खेतमा पनि आत्मसात गरिएको हो ।

केन्द्रमा पूर्व नेपाली सेना श्याम थापाले चलाएको अभियानले हाल पत्रकार लक्ष्मी नरालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । कर्णालीमा पनि यस्तो अभियानको आवश्यकता ठहर गरी समाजसेवी लक्ष्मी बिसीको संयोजकत्वमा समिति गठन गरिएको अभियन्ता दीपेन्द्र बिसीले जानकारी दिए । ‘छोरीका लागि छोरी अभियान’ कर्णाली प्रदेशले आठ सदस्यीय प्रदेश कमिटी बनाएको छ ।

एउटी छोरीले दैनिक एक रुपैयाँ जम्मा गरी सामाजिक कार्यमा उक्त रकम खर्च गर्ने बिसीले बताए । संयोजक लक्ष्मी बिसीले सामाजिक कार्यमा अग्रसर हुन यस अभियानले सहयोग गर्ने भन्दै कर्णालीका छोरीहरुको भविष्य कोर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहँदै आएका कर्णालीका १० जिल्लाका छोरीको सहभागिता थियो ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु