गृहपृष्ठ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु
घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु
सांकेतिक तस्बिर ।
मोरङको उर्लाबारी नगरपालिका–७ मा सोमबार साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए ।
रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।(रासस)
प्रकाशित समय ०९:१९ बजे

















