गृहपृष्ठ मायादेवी मन्दिरमा प्रयोग भएका ढुंगा-इँटा सोनवागढ क्षेत्रमा भेटिए
मायादेवी मन्दिरमा प्रयोग भएका ढुंगा-इँटा सोनवागढ क्षेत्रमा भेटिए
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खननमा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका मूर्तिहरु फेला पारेको छ ।
मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुंगा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने प्रदेश सांसद अर्जुन केसीले बताए ।
उत्खननका क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने् बताइएको छ । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सोनवागढ उत्खनन् गर्दा फेला परेका पुरातात्विक वस्तु यसै क्षेत्रमा संग्राहलय निमार्ण गरी प्रदर्शनीका लागि प्रयास गर्ने जानकारी दिए ।(रासस)
प्रकाशित समय ०८:४५ बजे

















