गृहपृष्ठ रोल्पाको जुतुङखोलामा बस दुर्घटना, दुई जनाको मृत्यु
रोल्पाको जुतुङखोलामा बस दुर्घटना, दुई जनाको मृत्यु

लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग. १ ख ५५२१ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्युठान स्वर्गद्वारी नगरपालिका–५, सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । (रासस)
प्रकाशित समय ०८:०४ बजे