गृहपृष्ठ आयल निगमको कार्यकारी निर्देशकमा पौडेल
आयल निगमको कार्यकारी निर्देशकमा पौडेल
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरिद्ध विशेष अदालतमा मुद्दा दायर गरेकै दिन सरकारले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि उक्त पदमा खुल्ला प्रतिश्पर्धामा भाग लिएका १२ जनामध्ये वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । पौडेलले यसअघि उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक भएर काम गरेका थिए । सो समयमा उनले उदयपुर सिमेन्टमा सुधार गरेको भन्दै प्रशंशित भएका थिए ।
प्रकाशित समय १३:०५ बजे

















