गृहपृष्ठ विद्युत् चोरी गर्ने २४ जनामाथि कारबाही

विद्युत् चोरी गर्ने २४ जनामाथि कारबाही

हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कारबाही गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी दुई लाख ६० हजार रुपैयाँ राजश्व असुली गरेको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

सो क्रममा विद्युत् मिटर, पंखा र टिभीलगायतका विद्युतीय उपकरणसमेत बरामद गरिएको छ ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु