गृहपृष्ठ भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाण्डौ ल्याइयो
भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाण्डौ ल्याइयो
भारतको मणिपुर हुँदै अवैध तवरबाट तेस्रो देशतर्फ लैजाने लागिएका बेला भारतबाट उद्धार गरिएका १७९ जनालाई बुधबार काठमाण्डौ ल्याइएको छ ।
मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा र्पुयाइएको आशंका गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।
भारत सरकार तथा स्थानीय संघसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाण्डौ ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।(रासस)
प्रकाशित समय ०७:४७ बजे

















