गृहपृष्ठ ललितपुर दरबार संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

ललितपुर दरबार संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालको औपचारिक भ्रमणमा रहेकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच हिजो अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गरेकी हुन् ।

‘सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध गराइनेछ,’ रकम कम भएपनि त्यसबाट नेपालप्रतिको अष्ट्रियाको सद्भाव प्रतिबिम्बित हुने उनको भनाइ थियो ।

भूकम्पपछिको पुनःनिर्माण तथा भौतिक पूर्वाधार निर्माणमा पनि सघाउन आफ्नो मुलुक उत्सुक रहेको बताउँदै ऊर्जा उत्पादनका क्षेत्रमा लगानी तथा पर्यटन प्रवद्र्धनमा सघाउने अष्ट्रियाली चाहना पनि उनले सुनाइन् ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु