गृहपृष्ठ कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तुमा महिलाको हत्या

goli-prahar2-newskarobar

कपिलवस्तुको वाणगंगामा गए राति एक महिलाको हत्या भएको छ । वाणगंगा नगरपालिका–४ बस्ने ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार भएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि मात्रै जानकारी प्राप्त हुने बताए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् ।

जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ ।(रासस)

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु