गृहपृष्ठ वामपन्थी नेता कृष्णदास रहेनन्
वामपन्थी नेता कृष्णदास रहेनन्
वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का सल्लाहकार श्रेष्ठकत्र ८७ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो समय विरामी भई नर्भिक अस्पताल भर्ना भएका श्रेष्ठलाई १३ दिन नर्भिकमै राखेर उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि एक हप्ता पहिले घर लगिएको थियो ।
सानै उमेरमा कम्युनिस्ट आन्दोलनमा लागेका श्रेष्ठले मार्क्सवाद सम्बन्धी धेरै पुस्तक लेखेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपिछ माओवादीसँग जोडिएका श्रेष्ठ पछिल्लो समय भने मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका सल्लाहकार थिए ।
प्रकाशित समय १९:१७ बजे

















