गृहपृष्ठ बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ

बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ

pakrau-arrest-newskarobar

११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

दाङको घोराही उपमाहानगरपालिका– १८ अम्बापुरका ३१ वर्षीय सुनिल थापालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाले फागुन १३ गते बिहान ४ बजेको समयमा ती बालिकालाई करणी गरेको बताइएको छ ।

पीडितको जाहेरीका आधारमा थापालाई पक्राउ गरिएको र करणी सम्बन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही थालिएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु