गृहपृष्ठ सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते
सांकेतिक तस्बिर
खडक नगरपालिका–९ मा आज करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।
वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो ।(रासस)
प्रकाशित समय १०:०४ बजे

















