गृहपृष्ठ मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा २ जना पक्राउ
मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा २ जना पक्राउ
जनकपुरधाममा मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १३ बाट विवेक कुमार शर्माको ज ९ प १२८२ नम्बरको अपाचे मोटरसाइकल फाल्गुन ६ गते चोरी भएको थियो ।
सो मोटरसाइकल चोरीको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-७ स्थित डेरा गरि बस्ने मकवानपुरको गढी गाउँपालिका-४ स्थायी घर भएका २७ वर्षीय सुरेश भुजेललाई मोटरसाइकलसहित रामानन्दचौकबाट प्रहरीको टोलीले पक्राउ गरेको हो ।
यता, जनकपुरधाम उपमहानगरपालिका- ९ का रतिश चन्द्र साहको घरबाट अनटेस्ट स्कुटी चोरी गरी लैजाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका- १ का रंजित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नियन्त्रणमा लिइएको दुवै जनालाई चोरीको मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:५५ बजे

















