गृहपृष्ठ आगलागीबाट २० लाखको क्षति
आगलागीबाट २० लाखको क्षति
सांकेतिक तस्बिर ।
खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–११ मा आगलागी हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानीय जयप्रसाद तामाङको घरमा आगलागी हुँदा अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात जलेर नष्ट हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय ११:५३ बजे

















