गृहपृष्ठ विवाहको खर्च जोगाएर विद्यालयमा अक्षयकोष

विवाहको खर्च जोगाएर विद्यालयमा अक्षयकोष

school-newskarobar

छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको छ ।

रामपुर नगरपालिका–३ रजघरा बस्ने टंकनाग घिमिरेको परिवारले छोरा पुरुषोत्तम घिमिरेको विवाहमा लाग्ने खर्च कटाएर जनविकास माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष खडा गरिदिएका छन् ।

‘विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति सिर्जना हुन थालेपछि छोराको विवाहको भोजभतेरमा लाग्ने खर्च शैक्षिक क्षेत्रमा सहयोग गरिदिएका हौँ’, घिमिरेले भने ।

सो रकम विद्यालयमा पठनपाठन गर्ने गरीब, विपन्न, दलित परिवारका बालबालिकाको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गरेको घिमिरे परिवारले जनाएको छ ।(रासस)

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु