गृहपृष्ठ बुधबारसम्म मौसममा सुधार नहुने, वर्षा र हिमपातको सम्भावना

बुधबारसम्म मौसममा सुधार नहुने, वर्षा र हिमपातको सम्भावना

आइतबारदेखि देशभरको मौसममा सामान्य बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण अझै तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशका अधिकांश स्थानमा आइतबार दिउँसो वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनसक्छ ।

आगामी बुधबारसम्म धेरैजसो ठाउँको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने वा लगातार पानी पर्ने सम्भावना भने नरहेको महाशाखाको प्रक्षेपण छ ।

महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु